मित्रराष्ट्रविरुद्ध कथावस्तु भएका फिल्मलाई नेपालमा प्रदर्शन अनुमति नदिइने

मित्रराष्ट्रविरुद्ध कथावस्तु भएका फिल्मलाई नेपालमा प्रदर्शन अनुमति नदिइने

सरकारले नेपालको सुरक्षा, शान्ति, सार्वजनिक व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पार्ने कथावस्तु भएका चलचित्रलाई नेपालमा प्रदर्शन अनुमति नदिने निर्णय गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई निर्देशनसहित पत्राचार गर्दै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८(३) को पूर्ण पालना गर्न भनेको हो। उक्त व्यवस्थाअनुसार नेपालको सुरक्षा, शान्ति, व्यवस्था वा मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्ता चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन सक्दैन। मन्त्रालयले यससम्बन्धी जानकारी निर्माता, वितरक तथा अन्य सरोकारवालालाई समेत गराउन निर्देशन दिएको छ। यो निर्णय हालै भारतीय फिल्म ‘अल्फा’को प्रदर्शन अनुमतिलाई लिएर उत्पन्न विवादपछि आएको हो। यसले विशेषगरी मित्रराष्ट्रविरुद्ध लक्षित कथावस्तु भएका विदेशी, विशेषतः भारतीय चलचित्रको नेपालमा प्रदर्शन प्रक्रियामा प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार