लगातार छैटौं दिन पनि हरियाली, नेप्से २७२६ अंकमा

लगातार छैटौं दिन पनि हरियाली, नेप्से २७२६ अंकमा

काठमाडौं । नेपाली सेयर बजार लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६ अंकमा पुगेको छ, जुन जेठ २८ यताकै उच्च स्तर हो। आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबारका क्रममा नेप्से दिउँसो १२:४९ बजे २७५३ अंकसम्म पुगे पनि त्यसपछि केही घटेर बन्द भएको हो।

आज कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार भयो। समूहगत सूचकमा मिश्रित प्रदर्शन देखिएको छ। व्यापार समूह २.८८ प्रतिशतले सबैभन्दा धेरै बढ्दा अन्य समूह १.२० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६४ प्रतिशत, लगानी ०.४९ प्रतिशत तथा बैंकिङ ०.०९ प्रतिशतले उकालो लागे। यता विकास बैंक ०.४० प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.२३ प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, जीवन बीमा ०.१७ प्रतिशत, माइक्रोफाइनान्स ०.०२ प्रतिशत तथा निर्जीवन बीमा ०.१४ प्रतिशतले घटे।

हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै कालंगा हाइड्रोपावर ७.५० प्रतिशत, बोटलर्स नेपाल बालाजु ७.४२ प्रतिशत, सानीगढ हाइड्रोपावर ६.५६ प्रतिशत, स्नो रिभर्स ६.०२ प्रतिशत तथा रिडी पावर ५.३४ प्रतिशतले बढे। यता कर्पोरेट डेभलपमेन्ट बैंक ६.५४ प्रतिशत, भुजुङ हाइड्रोपावर ४.५८ प्रतिशत तथा चिरख्वा हाइड्रोपावर ४.४४ प्रतिशतले घटे। कारोबार रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष स्थानमा रहे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार