गुडिरहेको मोटरसाइकलमा जोखिमपूर्ण यात्रा गरेपछि सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिबाना

गुडिरहेको मोटरसाइकलमा जोखिमपूर्ण यात्रा गरेपछि सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिबाना

सिरहा : गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानका अनुसार गुप्ता आफैं कार्यालय पुगेर जरिबाना बुझाएका हुन्। बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको उनको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको थियो। त्यसपछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा उनलाई ५ सय रुपैयाँ जरिबाना गरेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार