• २०८३ साउन १२ गते मङ्गलवार
  • Preeti To Unicode

चिकित्सक आन्दोलनका कारण देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

चिकित्सक आन्दोलनका कारण देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

नारायणी अस्पताल, वीरगञ्जमा डा. प्रमोद राममाथि भएको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज देशभर आकस्मिक (इमर्जेन्सी) बाहेकका स्वास्थ्य सेवाहरू बन्द गरेका छन्। आन्दोलनका कारण वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल लगायतका ठूला सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन हुन सकेन। उपचारका लागि अस्पताल पुगेका बिरामी तथा तिनका आफन्तहरू ओपीडी टिकट नपाएर अलपत्र परेका छन्। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध नगर्न सबै अस्पताललाई आग्रह गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले उपचार सेवा निरन्तर सञ्चालन गर्न अपिल गरे पनि आज ओपीडी सेवा सञ्चालनमा आउन नसक्दा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार