विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा भएको घटनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार बैठक आज दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ। बैठकमा सुरक्षा निकायका प्रतिनिधि, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनेछन्। बैठकमा प्रदेशको शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उपायबारे छलफल गर्नुका साथै प्रदेश सरकारको उपस्थितिलाई नागरिकसम्म अझ प्रभावकारी रूपमा पुर्याउने विषयमा पनि आवश्यक निर्णय गरिने जनाइएको छ।