प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ सुरु

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ सुरु

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ बुधबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सुरु भएको छ। बैठकको प्रारम्भमा कार्कीविरुद्ध परेको उजुरीका उजुरीकर्तासँग छलफल भइरहेको छ भने त्यसपछि कार्कीलाई समितिसमक्ष उपस्थित गराई सुनुवाइ गरिने कार्यसूची रहेको छ। कार्कीको नियुक्ति प्रक्रिया, नैतिक आचरण तथा संवैधानिक पदका लागि आवश्यक योग्यतामाथि प्रश्न उठाउँदै समितिमा उजुरी परेको छ। यसअघि समितिले निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ गरिसकेको छ। संवैधानिक परिषद्ले गत असार १९ गते कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा वाग्ले र सुब्बालाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरूलाई औपचारिक रूपमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार