काठमाडौं। तराई–मधेशका कर्फ्यु लागू भएका तथा संवेदनशील जिल्लाहरूमा सुरक्षा व्यवस्था कडा पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना उच्च अधिकृतहरू परिचालन गरेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार वरिष्ठ अधिकृतहरू प्रभावित र आसपासका जिल्लामा खटाइएका छन्। सशस्त्र प्रहरीले पनि उच्च अधिकृतसँगै छिमेकी जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था सुदृढ बनाएको जनाएको छ।