गोरखामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति, मानवीय क्षति भएन

गोरखामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति, मानवीय क्षति भएन

गोरखा — गोरखाका दुई स्थानमा गएको पहिरोका कारण एक पेट्रोल पम्प र एक घरमा क्षति पुगेको छ। बिहीबार बिहान करिब ६ बजे गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्पको पछाडिबाट खसेको पहिरोले पम्पको डिस्टेन्सर मेसिन तथा त्यहाँ पार्किङ गरिएका पाँच वटा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ। यसैगरी बुधबार राति पालुङटार नगरपालिका–१ कोलकोटेमा लेदोसहित आएको पहिरोले स्थानीय बाबुराम थापाको एकतले पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भूकम्पपछि निर्माण गरिएको उक्त घरमा क्षति पुगेपछि परिवार हाल पुरानै घरमा बसिरहेको प्रहरीले जनाएको छ। दुवै घटनामा कुनै मानवीय क्षति नभएको र प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको डीएसपी श्रेष्ठले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार