• २०८३ साउन २२ गते शुक्रवार
  • Preeti To Unicode

१५ दिनमै १५ रुपैयाँ र एक वर्षमा ५० रुपैयाँसम्म बढ्यो खानेतेलको मूल्य

१५ दिनमै १५ रुपैयाँ र एक वर्षमा ५० रुपैयाँसम्म बढ्यो खानेतेलको मूल्य

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारमा खानेतेल तथा वनस्पति घिउको मूल्य निरन्तर बढ्दै गएको छ। पछिल्लो दुई सातामै खानेतेलको मूल्य प्रतिलिटर ५ देखि १५ रुपैयाँसम्म बढेको छ भने एक वर्षको अवधिमा विभिन्न प्रकारका खानेतेलको मूल्य प्रतिलिटर न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म र वनस्पति (डाल्डा) घिउको मूल्य ३० रुपैयाँसम्म वृद्धि भएको तथ्यांकले देखाएको छ। मूल्यवृद्धिले उपभोक्ताको भान्साको बजेट थप महँगो बनाएको छ भने खुद्रा व्यापारी र उद्योगी–आयातकर्ताबीच ‘कसले भाउ बढायो’ भन्ने आरोप–प्रत्यारोपसमेत चलिरहेको छ।

खुद्रा व्यापार संघको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को १५ साउनमा प्रतिलिटर ४१० रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले ४६० रुपैयाँ पुगेको छ। त्यस्तै, १ नम्बर काँचो तोरीको तेल ३३५ रुपैयाँबाट ३८० रुपैयाँ र २ नम्बर काँचो तोरीको तेल २५० रुपैयाँबाट २९० रुपैयाँ पुगेको छ। धेरै नेपालीले प्रयोग गर्ने सनफ्लावर तेलको मूल्य २४५ रुपैयाँबाट २९० रुपैयाँ र भटमास तेल २४५ रुपैयाँबाट २८५ रुपैयाँ पुगेको छ। यस्तै, व्यावसायिक तथा घरायसी प्रयोजनमा प्रयोग हुने वनस्पति (डाल्डा) घिउको मूल्य पनि २५० रुपैयाँबाट बढेर २८० रुपैयाँ पुगेको छ। खानेतेल र घिउको मूल्यमा भएको निरन्तर वृद्धिले उपभोक्ताको दैनिक खर्च बढाउनुका साथै समग्र महँगीलाई थप चर्काएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार