• २०८३ साउन २२ गते शुक्रवार
  • Preeti To Unicode

गौंथली’ सातौं सर्वाधिक कमाउने नेपाली फिल्म, १६ करोड ७८ लाख ग्रस

गौंथली’ सातौं सर्वाधिक कमाउने नेपाली फिल्म, १६ करोड ७८ लाख ग्रस

काठमाडौं । कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने सातौं नेपाली फिल्म बनेको छ। शुक्रबार मध्यान्हसम्म देशभरबाट १६ करोड ७८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको फिल्मले कमाइका आधारमा ‘छक्कापञ्जा १’, ‘छक्कापञ्जा २’, ‘छक्कापञ्जा ५’, ‘कोहिनुर’, ‘महाजात्रा’ र ‘आबाट आमा’लाई उछिनेको छ। अब ‘गौंथली’भन्दा बढी कमाउने नेपाली फिल्मको सूचीमा ‘जारी’, ‘छक्कापञ्जा ४’, ‘परान’, ‘१२ गाउँ’, ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र रहेका छन्। हालकै कमाइको गति कायम रहेमा आगामी साताभित्र ‘गौंथली’ले ‘जारी’को बक्स अफिस कमाइलाई समेत उछिन्ने अनुमान गरिएको छ। ठूला प्रतिस्पर्धी फिल्म प्रदर्शनमा नरहेको र दर्शकमाझ बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेकाले फिल्मको कमाइ तत्काल रोकिने सम्भावना कम देखिएको छ। निर्माता सुमन गिरी भान्जाले ‘गौंथली’को कमाइको रफ्तारले आफूहरू मात्र नभई समग्र नेपाली फिल्म उद्योगलाई पनि चलायमान बनाउन सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार