काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत तेस्रो राष्ट्रिय परिषद् बैठकका १५ बुँदे निर्णय सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेको हो। परिषद्ले आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यदल बैठकलाई प्रत्यायोजन गरेको जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार विगतदेखि उठाइँदै आएका तथा समसामयिक नयाँ शैक्षिक र पेसागत मागहरू समेटेर भदौदेखि आन्दोलन गर्ने निर्णय गरिएको हो।