• २०८३ साउन २९ गते शुक्रवार
  • Preeti To Unicode

किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा सारियो

किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा सारियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ। यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका श्रेष्ठलाई अहिले महाराजगञ्ज वृत्तमा राखिएको प्रहरीले पुष्टि गरेको छ।

समाचारको विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनीयता भंग भएको भन्दै दिएको उजुरीका आधारमा श्रेष्ठलाई गत २७ साउनको राति कुसुन्तीस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। बिहीबार मात्रै अदालतले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई बरामद सामग्रीसहित आगामी सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। सर्वोच्चको आदेशपछि श्रेष्ठलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार