काठमाडौं । सार्वजनिक यातायातमा यात्रुको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बु काङ्गेलका ३१ वर्षीय अजय बस्नेत र झापाको दमक नगरपालिका–६ का ४३ वर्षीय भविन्द्र विक रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले साउन २७ गते पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायातमा यात्रा गर्ने क्रममा एक यात्रुको गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएका थिए। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ।