काठमाडौं । ग्यास अभावका कारण विद्यार्थीहरूलाई समस्या परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको घण्टाघर अगाडि रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेको छ। त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले चुलो समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले ‘बालेन सरकार, चुलो समस्या समाधानमा किन यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’ र ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।