• २०८३ भाद्र ५ गते शुक्रवार
  • Preeti To Unicode

मलंगवामा ट्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु

मलंगवामा ट्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु

सर्लाही ।सर्लाहीको सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोडैता नगरपालिका–५ की २३ वर्षीया गुरिया कुमारी रहेकी छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहीबार बिहान करिब १० बजे मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि ज १ त ५२४६ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेकी कुमारीलाई ठक्कर दिएको थियो। नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ट्याक्टरको ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते कुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिए पनि बिहान १०:२२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ट्याक्टरसहित चालक गोडैता नगरपालिका–११ निवासी १७ वर्षीय अजय साहलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चालकसँग चालक अनुमतिपत्रसमेत थिएन।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार