• २०८३ भाद्र ५ गते शुक्रवार
  • Preeti To Unicode

जाजरकोटमा बाढीमा परी दुई जना बेपत्ता

जाजरकोटमा बाढीमा परी दुई जना बेपत्ता

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा डोग्रा खोलामा आएको बाढीले दुई जनालाई बगाउँदा उनीहरू बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह रहेका छन्। प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो भने सिंह शुक्रबार बिहान डोग्रा खोलामा आएको बाढीमा बेपत्ता भएका हुन्। बाढीले आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए। लगातारको वर्षाका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार