• २०८३ भाद्र ५ गते शुक्रवार
  • Preeti To Unicode

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु

काठमाडौं ।काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्।

प्रहरीका अनुसार सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि धारिलो हतियार प्रहार गर्दै कुटपिट गरेका थिए। घटनामा गम्भीर घाइते भएका कालाथोकीको टाउको र घाँटीमा चोट लागेको थियो।घाइते कालाथोकीलाई उपचारका लागि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अर्का आरोपित प्रमित पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार