रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय गाडीले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ जाँदै गरेको गाडीलाई आइतबार बिहान ठक्कर दिएको थियो। दुर्घटनामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न विद्युतीय गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।