निजी छात्रावास सञ्चालकलाई काठमाडौं प्रशासनको २१ बुँदे निर्देशन

निजी छात्रावास सञ्चालकलाई काठमाडौं प्रशासनको २१ बुँदे निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालनमा रहेका निजी छात्रावासका सञ्चालकहरूलाई छात्रावास सञ्चालनसम्बन्धी २१ बुँदे निर्देशन जारी गरेको छ। आइतबार सूचना जारी गर्दै प्रशासन कार्यालयले निजी छात्रावासलाई व्यवस्थित, सुरक्षित तथा मर्यादित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो।

प्रशासनले नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहले जारी गरेका छात्रावास सञ्चालनसम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गर्न भनेको छ। साथै, छात्रावासमा बस्ने विद्यार्थी तथा अन्य व्यक्तिलाई मानवीय व्यवहार गर्न र उनीहरूको सुरक्षा तथा सम्मान सुनिश्चित हुने वातावरण तयार गर्न निर्देशन दिइएको छ।

छात्रावास सञ्चालकहरूले विद्यार्थीको हकहित, सुरक्षा र सुविधालाई प्राथमिकतामा राख्दै प्रचलित कानुन तथा मापदण्डअनुसार सेवा सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ। निर्देशनको प्रभावकारी कार्यान्वयनमार्फत निजी छात्रावासलाई सुरक्षित, अनुशासित र विद्यार्थीमैत्री बनाउन प्रशासनले जोड दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार