तीन वर्षीया बालिका मृत फेला, सप्तरीमा एक शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

तीन वर्षीया बालिका मृत फेला, सप्तरीमा एक शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका सानिया खातुन मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी छोरी सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट अचानक बेपत्ता भएकी थिइन्। परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको थियो। घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मधेश प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको हो। प्रहरीले बालिकाको मृत्युको कारण तथा घटनामा संलग्न व्यक्तिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार