भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा तीव्रता, १२ हेलिकप्टर परिचालन

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा तीव्रता, १२ हेलिकप्टर परिचालन

चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुगेपछि रसुवा र नुवाकोटमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। खोज तथा उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ विमानस्थल पुगेका छन्। नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने उद्धार तथा खोजीका लागि १२ वटा हेलिकप्टर परिचालन गरिएको छ। बाढीका कारण प्रभावित तथा घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने र अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ। सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउँदै घाइते र जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार