बाढी प्रभावित २१ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढी प्रभावित २१ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं। बाढीबाट प्रभावित २१ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार हेलिकोप्टरमार्फत उद्धार गरी ल्याइएका उनीहरूको उपचार जारी रहेको हो। तीमध्ये १७ जनाको त्रिवि शिक्षण अस्पताल, तीन जनाको राष्ट्रिय ट्रमा सेन्टर र एक जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी (४२), सिता भण्डारी (४१) र विवेक कुमाल (२४) उपचाररत छन्। उनीहरूलाई नुवाकोटबाट उद्धार गरी काठमाडौं ल्याइएको हो।

त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा तेजबहादुर तामाङ (३४), पेम्बा तामाङ (४८), कुशल मगर, ‘काकी’ भन्ने ४५ वर्षीय पुरुष, नामथर खुल्न नसकेका ३५ वर्षीय पुरुष, मिनबहादुर श्रेष्ठ (३३), गिर्यालाल बुढाथोकी (४०), रुपक रोका (२३), सुजन बस्नेत (३५) र सुसान्त श्रेष्ठ (२३) लगायतको उपचार भइरहेको छ। कुशल मगरको उमेर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। अस्पतालमा उपचाररत बाँकी व्यक्तिहरूको विवरण भने खुलाइएको छैन।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार