रसुवा । रसुवामा आएको बाढीका कारण प्रभावित भएका १२५ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ। बिहीबार बिहानदेखि सेनाको हेलिकप्टरमार्फत टिमुरे तथा मैलुङ इलाकाबाट २० जना विदेशी नागरिकसहित १२५ जनाको उद्धार गरिएको हो। सेनाका अनुसार त्रिशूलीस्थित विशेषज्ञ डाक्टर अधिकृतसहितको आपत्कालीन उपचार केन्द्रमा ६४ जना घाइतेलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। बाढी प्रभावित तथा घाइतेहरूको जमिनी र हवाई उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्यलाई सेनाले समन्वयात्मक रूपमा निरन्तरता दिएको जनाएको छ।