• २०८३ भाद्र ११ गते बिहिवार
  • Preeti To Unicode

बाढी प्रभावित क्षेत्रमा १,५०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन

बाढी प्रभावित क्षेत्रमा १,५०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन

बाढी प्रभावित क्षेत्रमा १,५०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार एवं विपद् व्यवस्थापनका लागि १ हजार ५०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य बेस स्थापना गरी भत्किएका संरचनामा खोज तथा उद्धार गर्न दक्ष टोली, गोताखोर, तालिमप्राप्त कुकुर र ६ वटा ड्रोन परिचालन गरेको जनाएको छ। परिचालित टोलीले विभिन्न संरचना, जलविद्युत् आयोजना तथा अन्य प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टोलीले लोकेट गरिएका १२ स्थानबाट ९८ वटा शव फेला पारेको छ भने ३० जना घाइते र ७३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीबाट घाइते भएकाहरूलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। साथै, थप उपचार आवश्यक पर्ने बाढीपीडितका लागि नेपाल एपीएफ अस्पतालमा १०० वटा शय्या खाली राखिएको छ।

त्यसैगरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १०० शय्या क्षमताको कन्टेनर अस्पताल तयार गरी बाढी प्रभावित क्षेत्रमा तत्काल पठाउने कार्य भइरहेको छ। अन्य क्षेत्रमा रहेका कन्टेनरसमेत प्रभावित क्षेत्रमा केन्द्रित गरी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार