• २०८३ भाद्र ११ गते बिहिवार
  • Preeti To Unicode

भोटेकोशी बाढीले बगाएर ल्याएका ६२ शव नवलपुरमा फेला

भोटेकोशी बाढीले बगाएर ल्याएका ६२ शव नवलपुरमा फेला

काठमाडौँ । नवलपुरस्थित नारायणी नदी किनारमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६२ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार फेला परेका शवमध्ये २६ पुरुष, १६ महिला, ३ बालक, ७ बालिका र ९ जनाको लिङ्ग पहिचान हुन सकेको छैन। सङ्कलन गरिएका शवलाई हाल पालिकास्तरका अस्पतालमा राखिएको छ भने थप व्यवस्थापनका लागि पोखरा पठाउने तयारी भइरहेको छ। अहिलेसम्म कुनै पनि शवको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयले बिहानैदेखि प्रहरी टोली परिचालन गरी शव सङ्कलनको कामलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार