• २०८३ भाद्र ११ गते बिहिवार
  • Preeti To Unicode

रसुवाको बाढीबाट २७ विदेशी पर्यटकको उद्धार

रसुवाको बाढीबाट २७ विदेशी पर्यटकको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फसेका २७ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको विवरणअनुसार रसुवाको टिमुरे तथा भोटेकोशी क्षेत्रमा अलपत्र परेका ती पर्यटकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को समन्वयमा उद्धार गरिएको हो।

गत बुधबार बिहान करिब साढे ८ बजे आएको आकस्मिक बाढीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरीलगायतका निकाय उद्धार तथा खोजी कार्यमा सक्रिय भएका थिए। उद्धार गरिएका २७ विदेशी पर्यटकमध्ये ११ जना भारतीय, चार जना दक्षिण कोरियाली, दुई जना इटालियन, दुई जना अमेरिकी र आठ जना चिनियाँ नागरिक रहेका छन्।

पर्यटन बोर्डका अनुसार उद्धार गरिएका पर्यटकहरूमा Gong Fu, Pungang Fui, Fang Nuotau, Zhang Chuan, Tian Yu, Zinzhi Jiang, Zhang Curg र Jiang Giang गरी आठ जना चिनियाँ नागरिक छन्। त्यस्तै, दक्षिण कोरियाका Taeyong Kia, Taehoon Yum, Jongho Lim र Jaepok Yang, इटालीका Lotumew Steceno र Valurintina Piccintuini तथा अमेरिकाका Anjana Raja र Pattabiraman Venkatesan रहेका छन्।

भारततर्फबाट Thiruma Bhaalan, Balani Yappan, Ratna Kumar, Ranananga Sawai, Raghunardan, Sima Ranjan, Naghu Kabir Dosh, Maran Gobinda Spanu, Satyati Dhakham, Bijaya Bakhu र Panga Sawai गरी ११ जना पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखा क्षेत्रमा अझै पनि अन्य पर्यटक तथा यात्रुको सुरक्षा अवस्था यकिन गर्ने र जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार