काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष सन्तोष परियारले वीर अस्पताल पुगेर रसुवाका बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बिहीबार अस्पताल पुगेका अध्यक्ष परियारले उपचाररत बाढीपीडितसँग भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। सो क्रममा उनले अस्पतालका निर्देशक डा. विकास नेपालसँग भेटवार्ता गर्दै बाढीबाट घाइते हुन सक्ने बिरामीको उपचारका लागि अस्पतालले गरेको पूर्वतयारीप्रति धन्यवाद व्यक्त गरे। भेटमा निर्देशक डा. नेपालले विनाशकारी बाढीमा घाइते भएका बिरामीहरू अपेक्षा गरिएअनुसार वीर अस्पतालमा नआएको जानकारी गराएका थिए। विनाशकारी बाढीका कारण हालसम्म २८९ जनाको मृत्यु भइसकेको जनाइएको छ।