• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, सुरक्षित स्थानमा जान आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको जनाएको छ। थप बाढी आउन सक्ने जोखिम रहेकाले प्राधिकरणले भोटेकोशी तथा त्रिशूली नदी किनारमा रहेका सर्वसाधारण तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेकी छन्। विशेषगरी भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार तथा राहतमा खटिएका व्यक्ति र अन्य कारणले जोखिम क्षेत्रमा रहेकालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

यसैबीच, चीनतर्फबाट ड्याम पुनः फुटेको सूचना आएको भन्दै प्रहरीले समेत नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ सर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार