• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

उद्धार कार्य तीव्र, हालसम्म ४७७ जनाको शव फेला

उद्धार कार्य तीव्र, हालसम्म ४७७ जनाको शव फेला

काठमाडौं । सरकारले हालसम्म बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट ४७७ जनाको शव फेला परेको जानकारी दिएको छ। मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १८८ जनाको शव भेटिएको जानकारी दिएका हुन्।

सरकारका अनुसार हालसम्म ३ हजार २५३ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरीका १ हजार ८४५ गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता पोखरेलले बताए।

उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा सरकारले १० ट्रकभन्दा बढी राहत सामग्री पठाइसकेको जनाएको छ भने चार वटा हेलिकप्टरमार्फत खाद्य तथा गैरखाद्य सामग्रीसमेत ढुवानी भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार