• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा फेला

बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा फेला

काठमाडौँ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ। तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव चितवनमा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए।

पौडेलको शव जिल्ला अस्पताल चितवनमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ।

यसैगरी, चितवनमा फेला परेको अर्को शवको पनि सनाखत भएको छ। बाँकेको कोहलपुर नगरपालिका–११ घर भएका २३ वर्षीय कविलाल चौधरीको शव भएको पुष्टि भएको हो। चौधरीको शव पनि आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार