• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

स्टाफ कलेजको कार्यकारी निर्देशकका लागि पाँच जना सर्टलिस्ट

स्टाफ कलेजको कार्यकारी निर्देशकका लागि पाँच जना सर्टलिस्ट

काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार सर्टलिस्ट भएका छन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छनोटमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

‘नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिस सम्बन्धी मापदण्ड, २०८३’ बमोजिम गठित सिफारिस समितिको भदौ ११ गते बसेको बैठकले योग्यता पुगेका पाँच जना उम्मेदवारको नाम छनोट गरेको हो। सर्टलिस्टमा अञ्जु मिश्र, गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा, बाबुराम अधिकारी र डा. राम प्रसाद घिमिरे रहेका छन्।कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले पहिलो पटक २०८३ असार ९ गते, दोस्रो पटक असार २४ गते र तेस्रो पटक भदौ २ गते सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो। म्यादभित्र प्राप्त आवेदनको प्रारम्भिक मूल्याङ्कन गर्दा मापदण्डको दफा ४ बमोजिम योग्यता पुगेका र दफा ५ बमोजिम अयोग्य नदेखिएका उम्मेदवारलाई वर्णानुक्रमअनुसार सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा छलफलको कार्यतालिका भने पछि प्रकाशन गरिने भएको छ। सिफारिस समितिले यी पाँच उम्मेदवारमध्येबाट उत्कृष्ट तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ। तीमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार