ग्वाङ्झाओ । फेडेरेसन अफ इन्टरनेशनल युथ इन्टरप्रेन्योर्स (FINYE) ले भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न तीनदिने कोष सङ्कलन अभियान सञ्चालन गरेको छ। संस्थाले आफ्ना अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सदस्यहरूलाई आइतबारभित्र योगदान गर्न आग्रह गरेको छ। फिनीले ४ लाख नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार उक्त रकम जुटाउन अभियान सञ्चालन गरेको हो। अभियानबाट सङ्कलित रकम प्रधानमन्त्रीको प्रकोप राहत कोषमा जम्मा गरिनेछ। फिनीले अभियानमा पूर्ण पारदर्शिता अपनाइने र प्राप्त योगदानको सम्पूर्ण विवरण सार्वजनिक गरिने जनाएको छ।