नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारका लागि विदेशी विशेषज्ञको सहयोग लिनुपरेको बताएका छन्। स्वदेशी जनशक्तिबाट मात्रै उद्धार सम्भव नभएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको उनले जानकारी दिए। आइतबार बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै मन्त्री खनालले आवश्यक परे अन्य मुलुकबाट समेत सहयोग लिन सकिने बताए। विदेशी मित्रराष्ट्रहरूबाट सहयोगको प्रतिबद्धता आइरहेको उल्लेख गर्दै उनले भने, ‘हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेको छ। आवश्यकताअनुसार सहयोग लिन्छौँ।’