काठमाडौँ । रसुवाको भोटेकोशीमा गत बुधबार आएको बाढीमा परी ज्यान गुमाएकामध्ये ९४ जनाको शव आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ। फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको छ। हालसम्म नौ जनाको मात्र शव पहिचान भएको र पहिचान भएका शव परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको अस्पतालले जनाएको छ।