गोरखाको छेकम्पारमा सुख्खा पहिरो, बुढीगण्डकी आंशिक थुनियो

गोरखाको छेकम्पारमा सुख्खा पहिरो, बुढीगण्डकी आंशिक थुनियो

काठमाडौँ । गोरखाको छेकम्पारमा सुख्खा पहिरो खस्दा बुढीगण्डकी नदी आंशिक रूपमा थुनिएको छ। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार सोमबार बिहान छेकम्पार गाउँपालिका–७ स्थित सियारखोलमा सुख्खा पहिरो गएको हो। पहिरोका कारण नदीको केही भाग थुनिए पनि बुढीगण्डकीको सम्पूर्ण पानी भने रोकिएको छैन। नदीबाट पानीको निकास भइरहेको र तत्काल पूर्ण रूपमा नदी थुनिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार