काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा गरिएको खोजी तथा उद्धार अभियानमा कोही पनि फेला परेका छैनन्। सेना, इन्जिनियर र ड्रोन टोलीसहित सुरुङको अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्दा समेत कुनै मानिस नभेटिएपछि उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सुरुङभित्र कोही पनि नरहेको पुष्टि भएपछि सेनाको टोली खोजी अभियान स्थगित गर्दै धुन्चे फर्किएको हो।