सरकारी कोषमा रकम जम्मा भए पनि रसुवाका बाढीपीडित भोकै छन् : ओली

सरकारी कोषमा रकम जम्मा भए पनि रसुवाका बाढीपीडित भोकै छन् : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीपछि सरकारी कोषमा राहत तथा रकम जम्मा भए पनि बाढीपीडित नागरिकले अझै पर्याप्त राहत पाउन नसकेको बताएका छन्। सोमबार पार्टी कार्यालयमा एमाले बागमती प्रदेश र राजधानी प्रदेशले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

ओलीले केन्द्र सरकारको कोषमा पैसा र राहत सामग्री जम्मा भए पनि प्रभावित नागरिकसम्म राहत पुग्न नसकेको दाबी गरे। “केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन,” ओलीले भने।

उनले बाढीपीडितको समस्या समाधानका लागि सरकारको मात्र भर नपरी सबै पक्षसँग समन्वय गरेर राहत संकलन तथा वितरण गर्न एमाले तयार रहेको बताए। पीडित नागरिकसम्म तत्काल राहत पुर्‍याउने उद्देश्यले एमालेले विभिन्न तह र पक्षसँग सहकार्य गर्ने उनको भनाइ थियो।ओलीले राहत तथा सहयोगका लागि संकलित रकम र सामग्री प्रभावकारी रूपमा वितरण गर्दै बाढीपीडितको वर्तमान अवस्थालाई अन्त्य गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार