बाढी प्रभावित रसुवामा नेपाली सेना र ट्रमा सेन्टरको टोली, ५० जनाको उपचार

बाढी प्रभावित रसुवामा नेपाली सेना र ट्रमा सेन्टरको टोली, ५० जनाको उपचार

काठमाडौँ। नेपाली सेना र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरूको टोली बाढी प्रभावित रसुवाको गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ पुगेको छ। नेपाली सेनाका क्याप्टेन डा. कुलदीप त्रिपाठीको कमाण्डमा पुगेको सैन्य टोली तथा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरू डा. सरोजकुमार गोहिवार, डा. राजीव खड्कालगायतको टोलीले प्रभावित क्षेत्रमा हालसम्म ५० जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको छ। उपचारका लागि रक्तचापसम्बन्धी समस्या, हाडजोर्नी दुख्ने, दीर्घरोगलगायत विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरू आएका थिए। चिकित्सकहरूको टोलीले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार उपचार सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार