• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

कर्णाली सरकारले विपद् उद्धार कोषमा दुई करोड रुपैयाँ दिने

कर्णाली सरकारले विपद् उद्धार कोषमा दुई करोड रुपैयाँ दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। मंगलबार मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बैठकले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३/२०९२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार