• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै, काठमाडौंमा शव व्यवस्थापन चुनौतीपूर्ण

बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै, काठमाडौंमा शव व्यवस्थापन चुनौतीपूर्ण

काठमाडौं । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या देखिन थालेको छ। अस्पतालको क्षमताभन्दा बढी शव भएपछि चितवनमा शवलाई जमिनमा राखेर व्यवस्थापन गरिएको थियो। काठमाडौंमा पनि क्षमताभन्दा बढी शव थुप्रिन थालेपछि व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको हो। शवको संख्या बढ्दै गएपछि यसको व्यवस्थापनका लागि विकल्पबारे छलफल सुरु गरिएको छ। जिल्ला सुरक्षा समितिका साथै चिकित्सकहरूसँग समेत परामर्श गरेर शव व्यवस्थापनको विषयमा छलफल भइरहेको प्रशासनले जनाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले शव व्यवस्थापनको विषयमा छलफलमा केन्द्रित रहेको प्रशासनले बताएको छ। चितवनमा अपनाइएको जस्तै जमिनमुनि शव राखेर व्यवस्थापन गर्ने विकल्पबारे समेत छलफल भइरहेको छ। यद्यपि, यससम्बन्धी अन्तिम निर्णय भने भइसकेको छैन।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार