• २०८३ भाद्र १६ गते मङ्गलवार
  • Preeti To Unicode

पुल–बाटो बाढीले बगाएपछि नुवाकोटमा त्रिशूली नदीमाथि तुइन

पुल–बाटो बाढीले बगाएपछि नुवाकोटमा त्रिशूली नदीमाथि तुइन

नुवाकोट । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवासँगै नुवाकोटमा पनि ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण धेरैले परिवारका सदस्य गुमाएका छन् भने भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। बाढीबाट घाइते भएकाहरू अझै उपचारसँगै राहत र सहयोगको पर्खाइमा छन्। बाढीले नियमित आवतजावतका लागि प्रयोग हुँदै आएका पुल तथा सडक बगाएपछि नुवाकोटका त्रिशूली नदी तटीय क्षेत्रको जनजीवन थप प्रभावित बनेको छ। सडक तथा पुलको सम्पर्क विच्छेद भएपछि स्थानीयलाई दैनिक आवतजावतमा समेत समस्या हुँदै आएको छ।

आवतजावत सहज बनाउन नुवाकोटको विदुर नगरपालिका–१ र ९ नम्बर वडा जोड्ने त्रिशूली नदीमा मंगलबार बिहान तुइन जडान गरिएको छ। सर्वसाधारण नागरिकलाई तत्काल नदी वारपार गर्न सहज होस् भन्ने उद्देश्यले तुइन जडान गरिएको हो। बाढीले पुल तथा बाटो बगाएपछि वैकल्पिक माध्यमको अभावमा समस्या झेल्दै आएका स्थानीयका लागि तुइनले केही राहत पुग्ने अपेक्षा गरिएको छ। क्षतिग्रस्त पुल तथा सडक पुनर्निर्माण हुन समय लाग्ने भएकाले

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार