काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो नेपाली र भारतीयको मूल्य प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो लोकल ३०, टनेल ४५ र भारतीय ३५ रुपैयाँ तोकिएको छ। आलु रातो लाम्चो ५१, गोलो र मुढे ५३, भारतीय ४० तथा आलु सेतो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ। सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ९८ रुपैयाँ रहेको छ।त्यसैगरी, गाजर लोकल प्रतिकिलो १०० र तराईको ८० रुपैयाँ, बन्दा लोकल ३०, काउली स्थानीय १००, रातो मूला ३०, सेतो मूला हाइब्रिड ३५, भन्टा लाम्चो २५ र भन्टा डल्लो ४० रुपैयाँ तोकिएको छ। बोडी तने ६०, मकै बोडी १००, घिउ सिमी लोकल तथा हाइब्रिड ८०–८०, टाटे सिमी ८० र भटमासको कोसा प्रतिकिलो १४० रुपैयाँ कायम भएको समितिले जनाएको छ।
करेला प्रतिकिलो ५०, लौका ५०, परवर लोकल ७०, चिचिण्डो ३०, घिरौँला २०, झिगुनी ६०, फर्सी पाकेको ६०, हरियो फर्सी ४०, भिन्डी ४०, सखरखण्ड १२०, पिँडालु ७० र स्कुस ३० रुपैयाँ निर्धारण गरिएको छ। रायोसाग ६०, पालुङ्गो १५०, तोरीको साग १०० र हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ रहेको छ।च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २४०, डल्ले च्याउ ५००, राजा च्याउ ३३० र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ। कुरिलो ५००, न्यूरो १००, ब्रोकाउली १२०, चुकन्दर ७०, सजीवन २५०, रातो बन्दा ६०, जिरीको साग ५००, सेलरी ५००, पार्सले १ हजार ८००, सौफको साग १५०, पुदिना ७००, गान्टेमूला १५०, इमली १८०, तामा १६०, तोफु १६०, गुन्द्रुक ३५० र रख टमाटर प्रतिकिलो ३०० रुपैयाँ कायम गरिएको छ।
फलफूलतर्फ स्याउ फुजी प्रतिकिलो ४००, नेपाली केरा दर्जन ३००, मालभोग केरा २००, कागती ४००, अनार ३००, हरियो तरबुजा ६०, जुनार २०० र भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तोकिएको छ। काँक्रो लोकल प्रतिकिलो ६०, हाइब्रिड २०, लोकलक्रस ६० र कटहर ५० रुपैयाँ रहेको छ।त्यस्तै, नास्पाती लोकल प्रतिकिलो १००, चाइनिज २५०, नेपाली मेवा ८०, भारतीय मेवा १००, लप्सी ६०, किबी ४००, एभोकाडो २५०, अमला २००, नरिवल काँचो ८० र हरियो नरिवल १७० रुपैयाँ निर्धारण गरिएको छ। ड्रागन फ्रुट नेपाली प्रतिकिलो ५००, अदुवा २५०, सुकेको खुर्सानी ५५०, हरियो खुर्सानी लाम्चो र बुलेट ७०–७०, माछे खुर्सानी ५०, अकबरे ३०० र भेडे खुर्सानी ५० रुपैयाँ कायम गरिएको छ।लसुन हरियो प्रतिकिलो १५०, हरियो धनियाँ १००, सुकेको चाइनिज लसुन २२०, सुकेको नेपाली लसुन २००, छ्यापी सुकेको तथा हरियो २००–२०० रुपैयाँ तोकिएको छ। समितिका अनुसार सुकेको माछाको मूल्य प्रतिकिलो १ हजार र ताजा रहु माछाको मूल्य प्रतिकिलो ३७० रुपैयाँ निर्धारण गरिएको छ।