• २०८३ भाद्र १८ गते बिहिवार
  • Preeti To Unicode

कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना परिचालन

कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना परिचालन

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको बताए। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको र रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनले जानकारी दिए। सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो पन्छाउने काम तीव्र गतिमा अघि बढाइएको मन्त्री लम्सालले बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार