• २०८३ भाद्र १८ गते बिहिवार
  • Preeti To Unicode

नारायण भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको मुख्यसचिवमा पदस्थापन

नारायण भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको मुख्यसचिवमा पदस्थापन

काठमाडौँ। सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सचिवमा बढुवा गर्ने तथा कोशी प्रदेशको मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भट्टलाई सचिवमा बढुवा गरी कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरिएको जानकारी दिए। सरकारको निर्णयसँगै भट्टले अब कोशी प्रदेशको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्। प्रदेश सरकारको प्रशासनिक समन्वय, संघीय सरकारसँगको सहकार्य तथा प्रदेशका विभिन्न मन्त्रालय र निकायबीच प्रभावकारी समन्वय कायम गर्ने जिम्मेवारी मुख्यसचिवको रहने भएकाले भट्टको नयाँ जिम्मेवारी महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार