• २०८३ भाद्र १८ गते बिहिवार
  • Preeti To Unicode

बाढीपहिरो प्रभावितका लागि ‘क्लाउड शैक्षिक तथा भिसा सेवा’द्वारा ७ लाख सहयोग

बाढीपहिरो प्रभावितका लागि ‘क्लाउड शैक्षिक तथा भिसा सेवा’द्वारा ७ लाख सहयोग

काठमाडौँ। देशमा आएको विनाशकारी प्राकृतिक विपत्ति तथा बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ‘क्लाउड शैक्षिक तथा भिसा सेवा’ले ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संस्थाले प्रभावित नागरिकहरूको सहयोगार्थ उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको हो। विपद्को कठिन समयमा पीडित नागरिकलाई केही हदसम्म भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ। शैक्षिक तथा भिसा सेवा क्षेत्रमा क्रियाशील रहँदै आएको संस्थाले व्यावसायिक दायित्वसँगै सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकता दिँदै आएको बताएको छ। साथै, संस्थाले प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिकहरूको सहयोगका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण व्यक्ति, संघ–संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नसमेत अपिल गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार