काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा विज्ञहरूसहित आज रसुवा जाने भएका छन्। उद्धार तथा राहत वितरणको अवस्थाबारे स्थलगत जानकारी लिन उनी रसुवा जान लागेका हुन्। रसुवामा उद्धार कार्यको प्रगति, राहत वितरणको अवस्था तथा प्रभावित नागरिकको आवश्यकताबारे जानकारी लिने उनको तयारी छ। थापा यसअघि नुवाकोट पुगेर फर्किएका थिए।