काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक एक दिन पछि सरेको छ। शनिबार बस्ने भनिएको बैठक अब आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा १५औँ महाधिवेशनको तयारी तथा पछिल्लो राजनीतिक अवस्थाका साथै रसुवा बाढीपछिको अवस्थाबारे छलफल हुने जनाइएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिरमा समानान्तर महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसले केन्द्रीय बैठक बोलाएको हो।