काठमाडौं । बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो खस्दा सात वटा घर तथा गोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति ८ बजेदेखि परेको अविरल वर्षापछि माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका–८, कोठ्याराका नरे रावल तथा वडा नम्बर ९ का करे थापा र दीपक विकको घरमा क्षति पुगेको हो। त्यस्तै, पहिरोले वडा नम्बर ९ का मोती ओखेडा, धनबहादुर विक, जंग ओखेडा र तुले लुहारको गोठमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। पहिरोका कारण घर तथा गोठमा रहेका खाद्यान्न, लत्ताकपडा तथा पशुचौपायमा क्षति पुगेको प्रहरीले जनाएको छ।