पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। नयाँ कार्यसमिति चयन गर्न २७ सयभन्दा बढी मतदाता मतदानमा सहभागी हुँदैछन्। बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। अध्यक्ष पदका लागि अर्जुन पोखरेल, बलराम आचार्य, शोभा गौतम र उत्तममान बुद्धाचार्यबीच प्रतिस्पर्धा भइरहेको छ। आचार्य र गौतमले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् भने बुद्धाचार्य र पोखरेल स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्। निर्वाचनबाट अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन हुने निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिएका छन्।