मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न गोरखा प्रशासनको आग्रह

मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न गोरखा प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आइतबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले यात्राको तयारीमा रहेका तथा पदयात्रामा रहेका सबै पदयात्रीलाई अर्को सूचना प्रकाशित नभएसम्म यात्रा नगर्न आग्रह गरेको हो। नामरुङस्थित थेराङ खोलामा आइतबार बिहान करिब ३ः३० बजे आएको बाढीले पदमार्ग, होटल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको प्रशासनले जनाएको छ। बाढीका कारण चुमनुव्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बगेका छन्। पुलहरू बगेपछि उक्त क्षेत्रको आवागमन जोखिमपूर्ण बनेकाले प्रशासनले मनास्लु तथा लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न र नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार